कवाड संकलन केन्द्रमा चल्यो महानगरको डोजर

हिमाल प्रेस २५ मंसिर २०८२ १५:०९ | Thursday, December 11, 2025
38
SHARES
कवाड संकलन केन्द्रमा चल्यो महानगरको डोजर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले काठमाडौँको रानीबारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ।

बिहीबार महानगर प्रहरी बलले रानीबारी क्षेत्रको टाउनप्लानिङभित्र रहेका दुईवटा कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो।

बस्तीकाबीच कवाडी संकलन केन्द्र रहँदा जोखिम हुने भन्दै कवाडी संकलन केन्द्र हटाइएको काठमाडौँ महानगर प्रहरी बलले जनाएको छ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै अभियान नै सञ्चालन गरेको छ। त्यसका विरुद्ध कवाड व्यवसायीहरुले विरोध गर्दै आएका छन्।

प्रकाशित: २५ मंसिर २०८२ १५:०९ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast