लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

हिमाल प्रेस ५ माघ २०७९ ६:३८ | Thursday, January 19, 2023
लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिहीबार विश्वासको मत लिँदैछन्।
आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन्।

नेपालको संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त मानेमा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्ने सक्ने प्रावधान छ।

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता गिरी एमाले २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४-४, जसपा, लोसपा र जनमतका ३-३ र २ स्वतन्त्र सासदहरूकोसहित ५८ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ। सत्तापक्षको स्पष्ट बहुमत देखिन्छ। प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सदस्य छन्। विश्वासको मत लिएपछी मात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार हुने भएको छ।

प्रकाशित: ५ माघ २०७९ ६:३८ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast