लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

हिमाल प्रेस २५ मंसिर २०८२ ११:०८ | Thursday, December 11, 2025
8
SHARES
लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

सिरहा- अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान कम्प्युटर, पाँच थान प्रिन्टर तथा एक थान स्मार्ट बोर्ड प्रदान गरेको छ ।

सिलिड्स परियोजनामार्फत हेल्भेटासले बुधबार यहाँ आयोजित एक कार्यक्रममा ती सामग्री हस्तान्तरण गरेको हो । हेल्भेटासका स्थानीय प्रतिनिधि श्रद्धा श्रेष्ठले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई ती सामग्री हस्तान्तरण गरे।

यसअघि स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था आसमान नेपालले नगरपालिकालाई कम्प्युटर, प्रिन्टर, दराज, टेबल, पंखा प्रदान गरेको थियो। निजी तथा आवासीय विद्यालयहरूको संस्था (प्याब्सन) सिरहा, कार्नीभल सिनेमा हललगायत स्थानीय सङ्घसंस्थाले पनि डेस्कटप कम्प्युटर, ल्यापटप, प्रिन्टर र फर्निचर उपलब्ध गराएका थिए ।

जेनजी आन्दोलनका क्रममा नगर कार्यपालिका भवनका साथै उपकरणमा क्षति भएको थियो।

प्रकाशित: २५ मंसिर २०८२ ११:०८ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast