च्याम्पियन्स लिग : रियलमाथि म्यानचेस्टर सिटीको जित

हिमाल प्रेस २५ मंसिर २०८२ ८:१० | Thursday, December 11, 2025
च्याम्पियन्स लिग : रियलमाथि म्यानचेस्टर सिटीको जित एर्लिङ हालान्ड

काठमाडौँ- युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई पराजित गरेको छ।

सान्टियागो बर्नबेउमा गएराति भएको खेलमा सिटीले रियललाई २-१ गोलले पराजित गरेको हो। खेलको २८ मिनेटमा रोद्रिगोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

३५ मिनेटमा सिटीका निको ओ रेलीले बराबरी गोल फर्काए। ४३ मिनेटमा सिटीले पाएको पेनाल्टीलाई अर्लिङ हालान्डले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा दुवैबाट गोल नभएपछि सिटी विजयी भएको थियो। जितसँगै सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। उसले ६ खेलबाट १३ अंक जोडेको छ।

पराजित भएको रियल १२ अंकका साथ सातौं स्थानमा छ। गएराति नै भएको खेलमा लिभरकुसेन र न्यूकासलले २(२ गोलको बराबरी खेले। बेनफिकाले नापोलीलाई २-० गोलले पराजित गर्दा एथ्लेटिक क्लब र पिएसजीले गोलरहित बराबरी खेले।

प्रकाशित: २५ मंसिर २०८२ ८:१० | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast