इजरायली कूटनीतिज्ञको नेपाल दौडाहा

हिमाल प्रेस ४ माघ २०७९ २०:५४ | Wednesday, January 18, 2023
इजरायली कूटनीतिज्ञको नेपाल दौडाहा

काठमाडौँ- इजरायली कूटनीतिज्ञ मिखाल वाइल्नर ताल परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसहित उच्चपदस्थ अधिकारीहरूसँग भेट गरेर फर्किएकी छन्। नेपालको तीन दिने भ्रमणका लागि गत आइतबार काठमाडौँ ओर्लिएकी ताल दुई तथा बहुपक्षीय विषयमा गरिएका छलफलमा सहभागी भएको इजरायली दूरतावासले जनाएको छ।

इजरायली विदेश मन्त्रालयको दक्षिण–पूर्वी एसिया विभाग र प्यासिफिक डिभिजनकी निर्देशक रहेकी तालले परराष्ट्रका अधिकारीबाहेक राजनीतिक दलका नेता, पत्रकार, कृषि विज्ञ, शिक्षाकर्मी लगायतसँग भेटघाट गरेकी थिइन्।

तालको सम्मानमा इजरायली राजदूत हानान गोडरले एक कार्यक्रम आयोजना गरेका थिए। राजदूत गोडर र राजदूतावासले तालको भ्रमणले नेपाल र इजरायलबीचको सम्बन्ध अझ न्यानो बनाउने विश्वास गरेका छन्। ताल मंगलबार स्वेदश फर्किइन्।

प्रकाशित: ४ माघ २०७९ २०:५४ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast