एमाले महाधिवेशनमा २४६३ प्रनिनिधि सहभागी हुने

हिमाल प्रेस २४ मंसिर २०८२ १३:४८ | Wednesday, December 10, 2025
18
SHARES
एमाले महाधिवेशनमा २४६३ प्रनिनिधि सहभागी हुने

काठमाडौँ- नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुंगाे लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ।

प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए।

पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ। उक्त सङ्ख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन्।

समितिले प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकेको जनाएको छ।

प्रकाशित: २४ मंसिर २०८२ १३:४८ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast