‘गोबर गणेश’ काे पाेस्टर : रिक्सामा रमाइरहेका बल्छी र वर्षा

हिमाल प्रेस २४ मंसिर २०८२ १२:२९ | Wednesday, December 10, 2025
40
SHARES
‘गोबर गणेश’ काे पाेस्टर : रिक्सामा रमाइरहेका बल्छी र वर्षा

काठमाडौँ- हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्व्रे) को पहिलो निर्देशकिय फिल्म ‘गोबर गणेश’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकार निर्देशक श्रेष्ठ र वर्षा शिवाकोटी देखिएका छन्।

वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही रिक्सामा बल्छी धुर्बे छन्। दुबै प्रशन्न मुद्रामा छन्। रिक्सामा फोहोर उठाउने डस्ट प्यान र फोहोर छ भने बल्छीको गलामा सिठी छ। यसले ती दुवै नगरपालिकाको फोहोर उठाउने कर्मचारीजस्ता देखिन्छन्।

फिल्म बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको फिल्म आगामी माघ १ देखि प्रदर्शन गर्ने टिमको तयारी छ।

बल्छी र वर्षासँगै फिल्ममा विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित: २४ मंसिर २०८२ १२:२९ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast