काठमाडौँमा राप्रपाको प्रदर्शन

हिमाल प्रेस २३ मंसिर २०८२ १५:०८ | Tuesday, December 9, 2025
34
SHARES
काठमाडौँमा राप्रपाको प्रदर्शन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौँमा प्रदर्शन गरेको छ।

राजा, राजनीतिक दल र जेनजीकाबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यका साथ राप्रपाले मंगलबार काठमाडौँको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा नारा लगाएका थिए।

राप्रपाले आम निर्वाचन अगावै–कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारी हुनुपर्नेमा जोड दिँदै आएको छ। त्यसका लागि राप्रपाले राजा, राजनीतिक दल र जेनजीलगायतको सर्वपक्षीय सम्मेलन आह्वानको माग समेत गरेको छ।

राप्रपाले विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गर्नुपर्ने जनाएको छ।

प्रकाशित: २३ मंसिर २०८२ १५:०८ | Tuesday, December 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast