एमाले अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलद्वारा अवधारणापत्र दर्ता (पूर्णपाठसहित)

हिमाल प्रेस २२ मंसिर २०८२ १६:०५ | Monday, December 8, 2025
38
SHARES
एमाले अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलद्वारा अवधारणापत्र दर्ता (पूर्णपाठसहित)

काठमाडौँ- नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अवधारणापत्र आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा दर्ज गराएका छन्। महासचिव शंकर पोखरेललाई भेटेर उनले दस्तावेज दर्ज गराएका हुन्।

यही मंसिर २७-२९ सम्म भक्तपुरको सल्लाघारीमा हुने ११ औँ महाधिवेशनको बन्द सत्र हलमा पेस गर्ने गरी उनले फरक राजनीतिक तथा सांगठनिक प्रस्ताव तयार पारेका छन्।

उनले आफ्नो दस्तावेजमा जेनजी पुस्ताको आन्दोलन र भदौ २४ को विध्वंसको समीक्षा गरेका छन्। एमाले पार्टी कार्यालय, नेताका घर, सिंहदरबार र संसद् भवनमा समेत सुनियोजित रूपमा भएको आक्रमण भएको दस्तावेजमा उल्लेख छ। युवा पुस्तासँग पार्टीको सम्बन्ध टुट्नु, उनीहरूको भावना बुझ्न नसक्नु र सत्तामा हुँदा डेलिभरी दिन नसक्नुलाई कमजोरीका रूपमा स्वीकार गरिएको छ।

पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी राजनीतिमा फर्काउन औपचारिक प्रस्ताव गरेका छन्। प्रस्तावमा भनिएको छ, ‘विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारी सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्काएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो।’

भण्डारीलाई पार्टी सदस्यताबाट वञ्चित गरिँदा पार्टीलाई घाटा हुने भन्दै उनलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने पोखरेलले बताएका छन्। त्यसैगरी, आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा होमिन पार्टी पंक्तिलाई आह्वान गरिएको छ।

यस्तो छ पूर्णपाठ

प्रकाशित: २२ मंसिर २०८२ १६:०५ | Monday, December 8, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast