विमान सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि हो : मन्त्री सिन्हा

हिमाल प्रेस २१ मंसिर २०८२ १९:३५
6
SHARES
विमान सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि हो : मन्त्री सिन्हा फाइल तस्बिर

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आजको विमान केवल यात्रु बोकेर गन्तव्यमा पु¥याउने माध्यममात्र नभई यो नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि भएको बताएका छन्।

नेपाल एयर लाइन्सको क्याबिन क्रु एसोसिएसन (सि–क्यान) ले अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले उडान अझ सुरक्षित, पर्यावरणमैत्री, समयमै र यात्रु–अनुकूल हुनका लागि विश्वभरी निरन्तर नयाँ–नयाँ नवप्रवर्तन भइरहेको उल्लेख गरे।

मन्त्री सिन्हाले भने, ‘स्मार्ट विमान, हरित इन्धन, कृत्रिम बौद्धिकतामा आधारित सेवा प्रणाली, डिजिटल चेक–इन र उन्नत सुरक्षा प्रक्रियामा नविनतम प्रविधिको विकास भएको छ। तर सबैको केन्द्रमा एउटा कुरा उही छ, मानवको भूमिका, विशेषगरी क्याबिन क्रूको योगदान छ।’

उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहनुभएका उनले नवप्रवर्तन कागजमा मात्र होइन, क्याविनभित्र जीवन्त बनाउनुपर्ने र यात्रुसम्म पु¥याउन क्याबिन क्रुको भूमिका रहने उल्लेख गरे।

‘तपाईंहरूको सीप, अनुकूलता, सिक्ने र बढ्ने तयारीकै कारण विमान विकास आजको अवस्थामा आउन सम्भव भएको हो। नवप्रवर्तनले उडानलाई आधुनिक बनाउँछ तर त्यसमा तपाईंहरूको मानवता, मुस्कान, सहानुभूति, धैर्यता भने सधै अपरिहार्य रहन्छ,’ मन्त्री सिन्हाले भने।

नयाँ चुनौतीसँगै नयाँ समाधान, नयाँ प्रविधि, नयाँ प्रक्रिया पनि आउने उल्लेख गर्दै मन्त्री सिन्हाले क्याविन क्रुको पेशा यीनै परिवर्तनसँग घुलमिल भएर अघि बढ्ने पेशा भएको धारणा व्यक्त गरे। यात्रु उडानको क्रममा आउने मेडिकल इमरजेन्सी, अनियमित मौसम र कहिलेकाही यात्रुको मनोदशामा क्याबिन क्रुको साहस, करुणा र अनुकूलताले नै संस्थाको पहिचान बनाउने उल्लेख गरे।

प्रकाशित: २१ मंसिर २०८२ १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast