‘झरीपछिको इन्द्रेणी’ को ट्रेलरमा भ्रष्टाचार र बेथितिविरुद्ध युवापुस्ताको आन्दोलन

हिमाल प्रेस २१ मंसिर २०८२ १७:५० | Sunday, December 7, 2025
24
SHARES
‘झरीपछिको इन्द्रेणी’ को ट्रेलरमा भ्रष्टाचार र बेथितिविरुद्ध युवापुस्ताको आन्दोलन

काठमाडौँ- हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक भएको छ। ललितपुरको लबिम मलमा आइतबार (आज) कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

२ मिनेट ५५ सकेन्डको ट्रेलरमा विदेश गएर उच्च शिक्षा अध्ययन गर्ने एक युवाको सपना पुरा नहुँदा उसले कसरी देशकाे भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गर्छ भन्ने कथा देखाइएको छ।

भ्रष्टाचार र देशमा भइरहेको बेथितिविरुद्ध युवाले काठमाडौँको माइतीघर मण्डलाबाट थालेको आन्दोलन देखाइएको छ। यसले  गत भदौ २३ र २४ मा भएको भएको जेनजी आन्दोलनको झल्को दिएको छ।

ट्रेलरमा उठाएको कथावस्तुबारे निर्देशक पाँडेलाई प्रश्न गर्दा जेनजी आन्दोलन अगाडि नै आफ्नो फिल्मको छायांकन सकिएकाेले उक्त आन्दाेलन संयोग मात्रै हुन पुगेको जवाफ दिए।

फिल्म आगामी पुस ४ देखि प्रदर्शन हुनेछ। निर्देशक घिमिरे स्वयंको कथा रहेको फिल्मको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले सहकार्य गरेका छन्।

नागराज इन्टरटेन्मेन्ट प्रा.लि.ले निर्माण गरेको फिल्ममा अभिनेता गणेश उप्रेती लामो समयपछि अभिनयमा पुनरागमन गर्दैछन्।

गणेशसहित फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायत कलाकारले अभिनय गरेका छन्। फिल्मकी निर्मात्री अनिशा सेन्दाङ लिम्बू हुन्।

यस्ताे छ ट्रेलर 

प्रकाशित: २१ मंसिर २०८२ १७:५० | Sunday, December 7, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast