काठमाडौँ- यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक भएको छ। टिजरमा बाबु र छोरीको सम्बन्ध देखाइएको छ। आमाको अनुपस्थितिमा बुबासँग रहेकी छोरी र उनीहरूबीचको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरिएको छ।
फिल्ममा बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन) को लालनपालन र शिक्षाको जिम्मेवारी उठाएका छन्।
सिर्जना निङलेखु स्कुलकी शिक्षिका हुन्। टिजरले उनी त्रिकोणात्मक प्रेममा रहेको अनुमान गर्न सकिन्छ। दयाहाङ राई र प्रकाश सपुतसँग उनी प्रेममा रहेको हो कि भन्ने संवाद र दृश्यले देखाएको छ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलले अभिनय गरेकन छन्।
फिल्म माघ १ देखि प्रदर्शन हुनेछ। निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मको सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन्।
यस्ताे छ टिजर



