दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराइजन जीबीएस

हिमाल प्रेस १९ मंसिर २०८२ १९:१६
दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराइजन जीबीएस

बुटवल- बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ को उपाधि होराइजन जीबीएसले हात पारेको छ। क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाइनल खेलमा होराइजन जीबीएसले उपाधि चुमेको हो।

जीबीएसले गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कुललाई सडेन डेथमा पराजित गरेको हो। उपाधिसँगै होराइजन जीबीएसले नगद ५५ हजार ५५५ रुपैयाँ, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत भयो भने उपविजेता स्कलर्स होम स्कूले ३३ हजार ३३३ रुपैयाँ, कप, मेडल प्रमाणपत्रमा चित्त बुझायो।

सिद्धेश्वर मैदानमा भएको खेल १-१ को बराबरीपछि  टाइब्रेकरमा धकेलिएको थियो। त्यसमा पनि बराबरी भएपछि खेल सडेनडेथमा ४–३ गोलले होराइजन जीबीएसले उपाधि चुम्न सफल भएको हो।

विजेताहरूलाई राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीका प्रमुख रमाकान्त तिवारी, विद्यालयका अध्यक्ष थानेश्वर पौडेल, विद्यालयका प्रधानाध्यापक शंकर भण्डारी, प्याब्सन केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपाने, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका सहप्राचार्य विष्णु न्यौपानेले पुरस्कार वितरण गरेका हुन्।

प्रतियोगितामा स्कलर्स होमका क्याप्टेन सुशान्त थापा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ हजार रुपैयाँ सहित पुरस्कृत भए। यस्तै होराइजन जीबीएसका अज्जु सारु मगर उत्कृष्ट गोलरक्षक र स्कलर्स होमका सुमित पुलामीमगर सर्वाधिक स्कोरर घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको खेल संयोजक पवन बस्यालले बताए। फाइनल खेलमा होराइजन जीबीएसका अज्जु सारु मगर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए।

क्याननले गत वर्षदेखि क्यानन सेभेन ए साइड फुटबल प्रतियोगितालाई ब्राण्डका रुपमा सञ्चालन सुरु गरेको हो। गत वर्ष स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो।

प्रकाशित: १९ मंसिर २०८२ १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast