‘तरङ्ग’ मार्फत अभिनयमा डेब्यु गर्दै बरुण अधिकारी

हिमाल प्रेस १९ मंसिर २०८२ १५:४६ | Friday, December 5, 2025
30
SHARES
‘तरङ्ग’ मार्फत अभिनयमा डेब्यु गर्दै बरुण अधिकारी

काठमाडौँ- म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएका बरुण अधिकारी फिल्ममा अभिनय गर्ने भएका छन्। प्रदीपकुमार चौधरीको निर्देशनमा बन्ने फिल्म ‘तरङ्ग’ मा उनले अभिनय गर्न लागेका हुन्।

उनले एक दर्जनभन्द बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। ‘तिमी बिना’, ‘चाहान्छु’ बोलको गीतको भाग ३, ५ र ८ मा उनकै अभिनय छ।

पहिलोपटक फिचर फिल्ममार्फत दर्शकमाझ आउन पाउँदा उत्साहित रहेको उनले बताए। फिल्मको कथा र पात्रले आफूलाई आकर्षित गरेकोले अभिनय गर्न तयार भएको उनले खुलाए।

‘फिल्मको कथा, पात्र र निर्देशकको विश्वासले ‘तरंग’ मा जोडिएको हुँ,’ उनले भने, ‘मेरो भूमिका शक्तिशाली छ। टिमको भरोसा मिहिनेत गरेर उतार्नेछु,’ उनले भने।

फिल्मका निर्देशक चौधरीले पनि यही फिल्मबाट निर्देशकीय यात्रा सुरु गरेका छन्। खलनायक भूमिकामा पहिचान बनाएका  चौधरी लामो समयदेखि मण्डला नाटकघरसँग आबद्ध छन्। यसअघि उनी फिल्म ‘वरिष्ठ बलराम’ मा देखिएका थिए।

फिल्म इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा छायांकन गर्ने टिमको तयारी छ। केही दिनदेखि बेलबारीमा फिल्मको छायांकन पनि भइरहेको निर्देशक चौधरीले बताए। फिल्म महेश पौडेलले छायांकन गरिरहेका छन्।

‘तरङ्ग’ को पटकथा निर्देशक चाैधरीले नै तयार पारेका हुन्। फिल्म प्रेम कथामा बन्नेछ। बरुणसँगै फिल्ममा रविना केसी, बारत लिम्बू, कृष्ण थापा, सारा राई, उजल राई, उत्तम गुरुङलगायत कलाकारको अभिनय रहनेछ।

मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा सुजन राई र तर्कराज जोशीले लगानी गर्नेछन्। फिल्म आगामी अंग्रेजी वर्ष २०२६ सालमा प्रदर्शन गर्ने टिमको तयारी छ।

प्रकाशित: १९ मंसिर २०८२ १५:४६ | Friday, December 5, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast