राप्रपा नेपालले ढुंगेधारामा सार्‍यो पार्टी कार्यालय

हिमाल प्रेस ४ माघ २०७९ १५:२९ | Wednesday, January 18, 2023
राप्रपा नेपालले ढुंगेधारामा सार्‍यो पार्टी कार्यालय

काठमाडौँ- राप्रपा नेपालको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका-५, हाडीगाउँ ढुंगेधारा नजिक सरेको छ। आज ‍(बुधबार) पार्टी अध्यक्ष कमल थापाले झण्डोत्तोलनसहित पार्टीका नेताकार्यकर्ताहरूको उपस्थितिमा नयाँ पार्टी कार्यालयको शुभारम्भ गरेका थिए।

विधिपूर्वक ब्राह्मणबाट पूजाआजा गरी थापा कार्यालयमा प्रवेश गरेका थिए। पार्टीलाई व्यवस्थित र चुस्त रूपमा सञ्चालन गर्न नयाँ ठाउँमा पार्टी कार्यालय सारिएको महामन्त्री तथा सचिवालय प्रमुख भाष्कर भद्राले जानकारी दिए।

विशालनगरमा रहेको पार्टी कार्यालय भवन सानो भएको र पार्किङको समस्या भएकाले नयाँ ठाउँमा सारिएको उनको भनाइ छ।

प्रकाशित: ४ माघ २०७९ १५:२९ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast