राष्ट्र बैंकमा ७६ कर्मचारी माग, पुस १७ गतेसम्म आवेदन खुला

हिमाल प्रेस १९ मंसिर २०८२ ७:४५
30
SHARES
राष्ट्र बैंकमा ७६ कर्मचारी माग, पुस १७ गतेसम्म आवेदन खुला

काठमाडौँ- नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारीका लागि नयाँ दरखास्त आह्वान गरेको छ। शुक्रबार जारी भएको विज्ञापनमार्फत बैंकले तृतीय श्रेणीका अधिकृतदेखि द्वितीय श्रेणीका सहायकसम्मका पदका लागि आवेदन खुला गरेको हो।

बैंकले तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ १ जना, व्यवस्थापनतर्फ १ जना, प्रशासनतर्फ ३९ जना, लेखा शाखातर्फ १० जना तथा वाणिज्य, कानुन समूहतर्फ ४ जना गरी कुल ५६ जना सहायक निर्देशक पदका लागि माग गरेको छ।

त्यस्तै, द्वितीय श्रेणीका प्रशासन सहायक पदमा २१ जनाको दरखास्त माग गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले शुक्रबारदेखि पुस १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म पनि फाराम भर्न सकिने बैंकले जनाएको छ।

तृतीय श्रेणीका पदका लागि परीक्षा दस्तुर एक समूहमा १,००० रुपैयाँ र समावेशी समूहका हकमा अतिरिक्त ४०० रुपैयाँ तोकिएको छ। द्वितीय श्रेणीका सहायक पदका लागि दस्तुर ८०० रुपैयाँ तथा समावेशी समूहको लागि थप ३०० रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: १९ मंसिर २०८२ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast