काठमाडौँ- काठमाडौँ महानरपालिका-२९ स्थित धोबीखोलामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ।
मृत भेटिएका व्यक्ति काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भएका ५० वर्षीय ललित गिरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले बताए। शंखमुल बस्दै आएका उनी मदन भण्डारी कलेज अगाडिको धोबीखोलामा बिहीबार बिहान ६:५० बजे मृत भेटिएका हुन् ।
उनी साइकलसहित मृत भेटिएको प्रहरीले बताएको छ।
प्रकाशित: १८ मंसिर २०८२ १२:१६
प्रतिक्रिया



