मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

हिमाल प्रेस १८ मंसिर २०८२ १२:०५
4
SHARES
मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

काठमाडौँ- मोटरसाइकल दुर्घटनामा विराटनगरमा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

बरगाछी चोकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा मोरङ बेलबारी नगरपालिका–८ घर भई कोसी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, बुधबार राति १२ः२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोकनजिक कोसी राजमार्गमा दुर्घटना भएको थियो ।

कञ्चनबारीतर्फ जाँदै गरेको बा.प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते खड्कालाई उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित: १८ मंसिर २०८२ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast