काठमाडौँ- धोबीखोलामा साइकलसहित एउटा शव भटिएको छ। जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबीखोलामा साइकलसहित शव भेटिएको हो।
मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा हुन्। घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ। रासस
प्रकाशित: १८ मंसिर २०८२ ९:४०
प्रतिक्रिया



