तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड सुरु

हिमाल प्रेस १७ मंसिर २०८२ १९:४०
22
SHARES
तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड सुरु

बाँके- तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० कोहलपुरको आयोजनामा सुरु भएको

प्रतियोगिताको लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्राडा विनोदप्रसाद ढकालले उद्घाटन गरेका हुन्।

उपकुलपति ढकालले खेलका माध्यमबाट बालबालिकाहरूको बौद्धिक विकासमा सकारात्मक विचारहरू प्रवाह हुने बताए। साथै उनले लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेमा स्थापना हुनुले शैक्षिक रूपान्तरणमा थप टेवा पुगेको बताए।

प्याब्सन कोहलपुर अध्यक्ष रमेश केसीले प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरू उत्पादनमा मद्दत पुगेको दाबी गरे।

प्रतियोगितामा प्याब्सन कोहलपुरमा आवद्ध २८ वटा विद्यालयको सहभागिता छ।

आज एथलेटिक्सतर्फ छात्राछात्र गरी कुल ८० जना हिट्समा छनोट भएको खेलका फिल्ड मार्सल दिनेश सिग्देलले जानकारी दिए। उनका अनुसार माध्यमिकतर्फ चार सय मिटर दौड छात्राछात्रको हिट्स सम्पन्न भएको छ। साथै एक सय मिटर माध्यमिकतर्फको छात्राछात्रको हिट्स, चार सय मिटर आधारभूत तह छात्राछात्र र एक सय मिटर कक्षा २ र ३ को छात्राछात्रको हिट्स सम्पन्न भएको जानकारी दिए।

प्रकाशित: १७ मंसिर २०८२ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast