एनपीएलमा लुम्बिनी लायन्सको तेस्रो जित

हिमाल प्रेस १७ मंसिर २०८२ १९:२७
8
SHARES
एनपीएलमा लुम्बिनी लायन्सको तेस्रो जित

काठमाडौँ– जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले तेस्रो जित निकालेको छ। बुधबार विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै तेस्रो जित निकालेको हो।

यसअघि चितवन राइनाेज र पोखरा एभेन्जर्सविरुद्ध लुम्बनीले जित निकालेको थियो। लुम्बिनीले खेलेका ६ खेलमध्ये ३ खेलमा जित र ३ खेलमा हार बेहोरेको छ।

बुधबारको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य लुम्बिनीले ५ विकेटको क्षतिमा १७.४ ओभरमा पूरा गर्‍यो।

लुम्बिनीका लागि डार्सी सर्टले ५७, निरोसन डिकवेल्लाले नटआउट २९, सन्दीप जोराले २४, दिलिप नाथले १६ रन बनाएका थिए।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा भएको खेलमा विराटनगरले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो।

विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५, बसिर अहमदले २८, साम हिजलेटले २७ रन बनाएका थिए।

लुम्बिनीका लागि शेर मल्लले ३, जेजे स्मिट, अभिशेष गौतम र रुबेन ट्रम्पेलमनले समान १/१ विकेट लिएका थिए।

प्रकाशित: १७ मंसिर २०८२ १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast