चर्चित गीत ‘कता छौँ मेरो फूल’ को भिडियो सार्वजनिक

हिमाल प्रेस १६ मंसिर २०८२ ११:२६
2
SHARE
चर्चित गीत ‘कता छौँ मेरो फूल’ को भिडियो सार्वजनिक

काठमाडौँ- निर्देशक दिनेश राउतको नयाँ प्रेममा बनेको फिल्म ‘कुमारी’ को पहिलो गीत ‘कता छौँ मेरो फूल’ सार्वजनिक भएको छ। गीत यसअघि फिल्मको नाम घोषणा कार्यक्रममा टुडिँखेलमा लाइभ प्रस्तुत गरिएको थियो।

गीत गायक केहर सिंह लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड द लुंगा’ले प्रस्तुत गरेका थिए। गीतले सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ। गीतसँगै निर्माण टिमले आगामी माघ २३ लाई फिल्मको प्रदर्शन मिति घोषणा गरेका छन्।

फिल्ममा अभिषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायत कलाकारले अभिनय गरेका छन्।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्। फिल्मको पटकथा विकास सुवेदीले लेखेका छन्।

‘आइ एम सरी’ बाट निर्देशन यात्रा सुरु गरेका राउतले ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथाकै फिल्म बनाए। पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित फिल्म निर्देशन गर्दै आएका राउतले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताएका छन्।

यस्ताे छ गीत

प्रकाशित: १६ मंसिर २०८२ ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast