स्मारिका र प्रभात अभिनीत ‘मुगलान’ को गीत ‘मेरो प्रियतम’ सार्वजनिक

हिमाल प्रेस १५ मंसिर २०८२ १५:३१
16
SHARES
स्मारिका र प्रभात अभिनीत ‘मुगलान’ को गीत ‘मेरो प्रियतम’ सार्वजनिक

काठमाडौँ- माेडल स्मारिका ढकाल र प्रभात पाल अभिनीत फिल्म ‘मुगलान’ को गीत ‘मेरो प्रियतम’ सार्वजनिक भएको छ। गीत सोमबार युना डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर छ। गीत सिर्जना लम्सालले लेखेकी हुन्। किरण भुसालले संगीत भरेका गीतमा रिदम कँडेलको संगीत संयोजन छ। देवेन्द्र कुँवरको कोरियोग्राफी रहेको गीतको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन्।

यसअघि फिल्मको ‘पिन्टु पियारी’ बोलको गीत सार्वजनिक भइसकेको छ फिल्म आगामी पुष १० देखि प्रदर्शन हुनेछ।

रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा प्रभात र स्मारिकासँगै श्री शिवांशु, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सविन बास्तोलालगायत कलाकारको अभिनय छ।

आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको फिल्मका निर्माता गोमन सिंह हुन्। फिल्म तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन, देवेन्द्र कुँवरको कोरियोग्राफी, अजय रेग्मीको छायांकन र किरण भुसाल संगीतमा बनेको छ।

फिल्मको आर आर फिल्मस्ले वितरण गर्नेछ। गर्दैछ। यस गीतलाई युना इन्टरटेन्टमेन्ट युटुब च्यानलमार्फत हेर्न सकिने छ।

प्रकाशित: १५ मंसिर २०८२ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast