मेयर बालेनलाई पितृशोक

हिमाल प्रेस १५ मंसिर २०८२ १३:११
26
SHARES
मेयर बालेनलाई पितृशोक

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ लाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको सोमबार निधन भएको चिकित्सकले जानकारी दिएको हो। उनी नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचाररत थिए।

मुटुमा समस्या देखिएपछि आइतबार बिहान शाह बेहोस भएका थिए। बेहोसीमै सिभिल अस्पताल पु¥याइएको थियो। शाहको आज मध्यान्हमा निधन भएको हो।

चिकित्सकका अनुसार शाहलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो। उक्त संक्रमण शरीर हुँदै मस्तिष्कसम्मै फैलिएको थियो।

उनी आयुर्वेदिक चिकित्सक थिए। रामनारायणका श्रीमती, एक छोरी र दुई छोरा छन्।

प्रकाशित: १५ मंसिर २०८२ १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast