७५ र २५ प्रतिशत दुवै विधिबाट शिक्षक बढुवा आवेदन खुला

हिमाल प्रेस १५ मंसिर २०८२ ६:३९
196
SHARES
७५ र २५ प्रतिशत दुवै विधिबाट शिक्षक बढुवा आवेदन खुला

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले मंसिर १५ गते देशभरका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम तथा द्वितीय श्रेणीका शिक्षक बढुवाका लागि दरखास्त आव्हान गरेको छ।

आयोगको मंसिर १४ गतेको निर्णयअनुसार शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २७ बमोजिम बढुवाद्वारा पदपूर्ति गरिनुपर्ने भएकाले सम्भाव्य उम्मेदवारले तोकिएको ढाँचामा आवेदन दिनुपर्ने आयोगले जनाएको छ।

कार्य सम्पादन मूल्यांकनको आधारमा गरिने ७५ प्रतिशत बढुवाका लागि सम्बन्धित जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय इकाइमार्फत पुस २० गतेभित्र आवेदन दर्ता गर्न सकिनेछ।

त्यस्तै २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि तोकिएको म्यादभित्र अनलाइनमार्फत मात्र आवेदन दिन सकिने छ जसअन्तर्गत सिंगल दस्तुरका लागि पुस १५ राति ११:५९ बजेसम्म र दोब्बर दस्तुरका लागि पुस २२ गते राति ११:५९ बजेसम्म https://online.tsc.gov.np मार्फत दरखास्त दिनुपर्नेछ।

तोकिएको समय र रीत नपुगी आएका दरखास्त अस्वीकार हुने आयोगले स्पष्ट पारेको छ। विस्तृत सूचना तथा विज्ञापन आयोगको वेबसाइट https://tsc.gov.np
को डाउनलोड/सूचना/विज्ञापन ट्याबमार्फत हेर्न सकिने आयोगले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०८२ ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast