थाक्रे र गल्छी गाउँपालिकाका ईसीडी शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

हिमाल प्रेस १३ मंसिर २०८२ १०:४५ | Saturday, November 29, 2025
98
SHARES
थाक्रे र गल्छी गाउँपालिकाका ईसीडी शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

धादिङ- थाक्रे र गल्छी गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि तालिम दिइएको छ।

शिक्षक माया न्यौपाने ढकालले तालिम अत्यन्त उपयोगी भएको बताइन्। गोल्डेन कम्युनिटी संस्थाद्वारा प्रदान गरिएको उक्त तालिममा बालविकासका क्षेत्रमा अनुभव भएका प्रशिक्षकहरू थिए। तालिम सात दिनसम्म चलेको थियो।

रमाइलो वातावरणमा प्रशिक्षण पाएर आफ्नो पेसागत दक्षता बढाउने अवसर पाएको शिक्षक न्यौपानेको भनाइ छ।

‘यो तालिम अत्यन्तै उपयोगी भयो। यहाँ सिकेका कुरा कक्षाकोठामा लागु गर्छु। यसले शैक्षिक सुधारमा टेवा पुग्छ भन्ने विश्वास लिएकी छु,’ उनले भनिन्।

प्रकाशित: १३ मंसिर २०८२ १०:४५ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast