एनपीएल : कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जित

हिमाल प्रेस १२ मंसिर २०८२ १९:४१ | Friday, November 28, 2025
14
SHARES
एनपीएल : कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपी) को आज (शुक्रबार) भएको दोस्रो खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित निकालेको छ। कर्णाली याक्सले विराटनगर किंग्सलाई दिएको १६१ रनको लक्ष्य ७ विकेटको क्षतिमा मात्र एक बल बाँकी छँदा भेटाएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरका लागि बसिर अहमदले नटआउट ६२, नारायण जोशीले २५, साहिल पटेलले १९ र साम हिजलेटले १६ रन बनाए। कर्णालीका लागि सोमपाल कामी र गुल्सन झाले २, पवन सर्राफ, विलियम बोसिस्टो, नन्दन यादवले समान १/१ विकेट लिए।

कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १६० रन बनाएको थियो। कर्णालीका प्रियांक पञ्चालले ६३, विलियम बोसिस्टोले नटआउट ४८, गुल्सन झाले २० रन बनाएका थिए।

विराटनगरका लागि सन्दीप लामिछाने र मर्चन्ट डी लाङ्गेले समान १/१ विकेट लिएका थिए।

यससँगै कर्णालीले तेस्रो हार बेहोरेको छ भने विराटनगरले चौथो जित निकालेको छ।

प्रकाशित: १२ मंसिर २०८२ १९:४१ | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast