संघीयतावादी शक्तिहरूबीच एकजुटताका लागि तमलोपाको अपिल

हिमाल प्रेस १२ मंसिर २०८२ १५:५९ | Friday, November 28, 2025
38
SHARES
संघीयतावादी शक्तिहरूबीच एकजुटताका लागि तमलोपाको अपिल

काठमाडौँ- तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले मधेश थरूहट, आदिवासी जनजातिसहित संघीयतावादी शक्तिहरूबीच एकजुटताका लागि अनुरोध गरेको छ।

आफ्नो न्यायपूर्ण एजेन्डाप्रति प्रतिबद्धता, सशक्तता तथा त्यसका लागि एकजुटता नै एकमात्र विकल्प भएको भन्दै तमलोपाले यस्तो अनुरोध गरेको हो।

तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले शुक्रबार विज्ञप्ति निकालेर मधेश, थरूहट तथा आदिवासी जनजातिको पहिचान, सम्मान र समान नागरिक अधिकारको व्यवहारिक अभ्यासका लागि संघर्षरत शक्तिहरूलाई कमजोर पार्ने षडयन्त्र भइरहेको तर्फ सचेत हुन ध्यानाकर्षण गराएका छन्।

‘आन्तरिक तथा बाह्य कारणहरूले भेदभाव र सीमान्तकरणविरूद्ध संघर्षरत यी शक्तिहरू कमजोर भएको दुखद स्थिति छ,’ अध्यक्ष लालले भनेका छन्,‘आफ्नो न्यायपूर्ण एजेन्डाप्रति प्रतिबद्धता, सशक्तता तथा त्यसका लागि एकजुटता नै यस परिदृष्यको समाधान हुनसक्छ।’

उनले यसका लागि अझ ठोस, सार्थक संवाद र प्रयास आवश्यक रहेको जिकिर गरेका छन्।

देशको विद्यमान परिस्थितिबाट प्रतिक्रियावादीहरू अवांछनीय फाइदा लिने कोसिसमा रहेको उल्लेख गर्दै लालले भ्रष्टाचारको अन्त्य तथा कानुनी राज्यको स्थापनाभन्दा अराजकस्थिति खडा गरी सार्वभौम जनताको सर्वोच्चता हनन गर्ने ध्येय राखी संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्धका गतिविधिहरूमा लागिरहेको प्रस्ट देएको जिकिर गरेका छन्।

अध्यक्ष लालले जनताको सर्वोच्चता, संघीय गणतन्त्र र लोकतान्त्रि राज्य सञ्चालन व्यवस्था कानुनी देश र जनताको प्राण रहेकाले योसँग कुनै सम्झौता हुन नसक्ने प्रष्ट पारेका छन्।

प्रकाशित: १२ मंसिर २०८२ १५:५९ | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast