टेनप्लास्टको पोखरा एभेन्जर्ससँग सहकार्य : चौका–छक्कासँग पानी ट्यांकी वितरण

हिमाल प्रेस ११ मंसिर २०८२ १८:५६ | Thursday, November 27, 2025
2
SHARE
टेनप्लास्टको पोखरा एभेन्जर्ससँग सहकार्य : चौका–छक्कासँग पानी ट्यांकी वितरण

काठमाडौँ- पोखरा एभेन्जर्ससँगको सहकार्यमा टेनप्लास्ट र टेनस्टिलले समुदायमा प्रत्यक्ष प्रभाव पार्ने उद्देश्यसहित ‘टेनप्लास्ट इम्प्याक्ट क्याम्पेन’ सुरू गरेका छन्।

खेल मैदानमा बनेका रनलाई समाजमा पहुँच हुने उपयोगी सहयोगमा रुपान्तरण गर्ने उद्देश्य अभियानले लिएको छ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले प्रहार गरेको चौका तथा छक्का र जितका आधारमा समुदायमा पानी ट्यांकी वितरण गरिनेछ।

प्रत्येक चौकामा तीन सय लिटरको ट्रान्सप्लास्ट वाटर ट्यांक, प्रत्येक छक्कामा पाँच सय लिटरको ट्यांकी, टिमले जितेको प्रत्येक खेलमा एक हजार लिटरको ट्यांकी वितरण गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यी पानी ट्यांकीहरू स्वच्छ पानी अभाव रहेका सामुदाय, विद्यालय तथा स्थानीय संरचनामा उपलब्ध गराइनेछन्। अभियानले सुरक्षित पानी पहुँच विस्तार, स्वास्थ्य सुरक्षाको अभ्यास र दीर्घकालीन सामाजिक प्रभावमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित: ११ मंसिर २०८२ १८:५६ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast