रत्न राजमार्ग आसपासका अतिक्रमित घरटहरा हटाउन सुरु

हिमाल प्रेस ११ मंसिर २०८२ १४:४८ | Thursday, November 27, 2025
14
SHARES
रत्न राजमार्ग आसपासका अतिक्रमित घरटहरा हटाउन सुरु

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकाले रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घरटहरा आजदेखि हटाउन सुरु गरेको छ। उपमहानगरले बिपीचोकबाट धम्बोझी चोकसम्म राजमार्गदेखि २१ मिटरभित्रका घरटहरा हटाउन सुरु गरेको हो।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले त्यस क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउन सुरु गरिएको जानकारी दिए।

उनले हरियाली प्रवर्द्धन गर्न रुख बिरुवासमेत रोपिने उल्लेख गर्दै डेढवर्षमा गणेशमान चोकदेखि बिपीचोक र धम्बोझी चोकदेखि पुप्पलाल चोकसम्म पूर्वाधार निर्माण गरिने बताए।

रु ४९ लाख ५० हजारमा सो ठेक्का लगाइएकाले हाल बिपीचोकदेखि धम्बोझी चोकसम्म अतिक्रमण हटाइने उनको भनाइ छ। उपमहानगरले यसअघि सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण गरेका जग्गा खाली गर्न आग्रह गरेको थियो।

प्रकाशित: ११ मंसिर २०८२ १४:४८ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast