निजामती सेवाको साख उँचो बनाउनेछु : नवनियुक्त मुख्यसचिव अर्याल

हिमाल प्रेस १० मंसिर २०८२ १६:३०
8
SHARES
निजामती सेवाको साख उँचो बनाउनेछु : नवनियुक्त मुख्यसचिव अर्याल

काठमाडौँ- नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले निजामती सेवाको छवि सुधार्दै कामकाजलाई परिणाममुखी बनाउने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पद बहालपछि आयोजित कार्यक्रममा उनले राजनीतिक प्रभाव, ढिलासुस्ती र अस्वच्छ प्रतिस्पर्धाका कारण जनतामाझ प्रशासनको छवि कमजोर बन्दै गएको बताउँदै नागरिकले नजिकबाट महसुस गर्न सक्ने गरी परिवर्तन अब अनिवार्य भएको धारणा राखे।

अर्यालले कर्मचारी व्यवस्थापन, सुशासन, सेवा प्रवाह र विकास प्रशासनलाई ‘चार मियो’ का रूपमा अघि बढाइने बताउँदै नियमित प्रक्रियामा मात्र सीमित नबसिकन परिणाम दिने शैली अपनाउन सबै सचिवलाई निर्देशन दिए। उनले हालको परिस्थितिमा पुरानै ढर्राले काम गर्दा नागरिकको अपेक्षा पूरा नहुने बताए।

मुख्यसचिव अर्यालले संघीयता कार्यान्वयन, तीन तहबीच समन्वय, भ्रष्टाचार नियन्त्रण तथा डिजिटल रूपान्तरणलाई आफ्नो कार्यकालका प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरे। यससँगै सचिवहरूलाई १८ बुँदे निर्देशन जारी गर्दै सेवामा ढिलाइ, बिचौलियाको चलखेल, अनावश्यक प्रक्रिया र राजनीतिक प्रभावलाई अन्त्य गर्न आग्रह गरे।

प्रकाशित: १० मंसिर २०८२ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast