रुकुम पश्चिममा मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु

हिमाल प्रेस ९ मंसिर २०८२ १८:३० | Tuesday, November 25, 2025
10
SHARES
रुकुम पश्चिममा मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र बोलेरो जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

आज आठबिसकोटको राडीबाट चिसापानीतर्फ गइरहेको बोलेरो जिप र राडीतर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जाजरकोटको नलगाड नगरपालिका– ८ का ३५ वर्षीय नवराज चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते चदाराको आठबिसकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा नलगाड नगरपालिका–८ जाजरकोटका १६ वर्षीय नवराज चदारा र आठबिसकोट नगरपालिका ९ का १४ वर्षीय कमल सुनार रहेका छन्। दुवैको नगर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ९ मंसिर २०८२ १८:३० | Tuesday, November 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast