निर्वाचन प्रयोजनका लागि राप्रपा आयोगमा दर्ता

हिमाल प्रेस ९ मंसिर २०८२ १५:०६ | Tuesday, November 25, 2025
10
SHARES
निर्वाचन प्रयोजनका लागि राप्रपा आयोगमा दर्ता

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आज आयोगमा दल दर्ता गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

‘एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ,’ प्रवक्ता श्रेष्ठले भने।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन मिति तोकिएको छ। त्यसका लागि निर्वाचन आयोगमा मंसिर १० गतेभित्र पार्टी दर्ता निवेदन दिइसक्नुपर्छ।

प्रकाशित: ९ मंसिर २०८२ १५:०६ | Tuesday, November 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast