लागुऔषधसहित एकैदिन १३ जना पक्राउ

हिमाल प्रेस ९ मंसिर २०८२ १४:५९ | Tuesday, November 25, 2025
22
SHARES
लागुऔषधसहित एकैदिन १३ जना पक्राउ

काठमाडौँ- देशका विभिन्न जिल्लाबाट नेपाल प्रहरीले एकैदिन १३ जनालाई अवैध तथा नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ।

कास्की, दाङ, बर्दिया, मकवानपुर, झापा, सुनसरी, मोरङ र बाँकेमा गरिएको जाँच, निगरानी तथा घरतलासीका क्रममा ब्राउनसुगर, खैरो हेरोइन, ट्रामाडोल, स्पास्पेनलगायत लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन्।

कास्कीको पोखराबाट मनोज श्रेष्ठ ब्राउनसुगरसहित पक्राउ परेका हुन्। दाङमा अलग अलग स्थानबाट कुमार नेपाली, विजय अधिकारी र कर्णबहादुर विकलाई ब्राउनसुगर तथा हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।

बर्दियाको गणेशपुर बाइपासमा दीपक थापा क्षेत्री ब्राउनसुगरसहित पक्राउ परेका छन्। मकवानपुरको हेटौँडामा घरतलासी क्रममा सीताराम दोङबाट हेरोइन र ५२ थान ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ।

झापाको मेचीपुलमा जाँचका क्रममा भारतबाट प्रवेश गर्दै गरेको अवस्थामा दिलीपकुमार माझी र रोमा राणा ब्राउनसुगरसहित पक्राउ परेका छन्। सुनसरीमा धरानबाट सनम लिम्बू ट्रामाडोल, स्पास्पेन ट्याब्लेटसहित र इनरुवाबाट सन्तोष राई ब्राउनसुगरसहित पक्राउ परेका छन्।

मोरङको विराटनगरमा भारतबाट पैदल आउँदै गरेका दुर्गानन्द यादव हेरोइनसहित पक्राउ परेका छन्। बाँकेको चिसापानीमा विनोद थापामगर र विकास पाण्डेलाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको छ। सबै घटनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: ९ मंसिर २०८२ १४:५९ | Tuesday, November 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast