दृष्टिविहीन महिला टी–२० टोलीलाई प्रधानमन्त्रीको सम्मान

हिमाल प्रेस ८ मंसिर २०८२ २०:४७
10
SHARES
दृष्टिविहीन महिला टी–२० टोलीलाई प्रधानमन्त्रीको सम्मान

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भएको नेपाली टोलीलाई बालुवाटारमा बोलाएर बधाई दिएकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी हुन्।

नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भन्दै उनले नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीलाई अझै प्रगतिको कामना पनि गरिन्। दृष्टिविहीन क्रिकेटलाई अघि बढाउन सरकारले आवश्यक सहयोग गर्ने उनले बताइन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलंकामा भएको प्रतियोगितामा दोस्रो भएको थियो।

खेलाडीहरुले साधनस्रोतले सम्पन्न मुलुकका टोलीलाई पनि जितेर दोस्रो हुन सकेको र सरकारको साथ पाएमा च्याम्पियनसमेत बन्न सक्ने बताएका थिए।

प्रकाशित: ८ मंसिर २०८२ २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast