दृष्टिविहीन महिला टी–२० टोली स्वदेश फिर्ता

हिमाल प्रेस ८ मंसिर २०८२ १५:१२ | Monday, November 24, 2025
12
SHARES
दृष्टिविहीन महिला टी–२० टोली स्वदेश फिर्ता

काठमाडौँ- पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ।

सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो।

स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता पौडेलले सीमित स्रोत साधनकाबीच पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता हुन सफल भएको बताइन्।

त्यस्तै प्रमुख प्रशिक्षकमा पुरनसिंह खत्रीले पछिल्लो दुई महिनाको मेहनतको फल विश्वकपमा उपविजेता बन्न सफल भएको बताए। उनले नेपाली टोलीले विश्वकपमा राम्रो खेल खेलेको उल्लेख गरे।

दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा नेपालले पाकिस्तान, अष्ट्रेलिया लगायतका देशलाई पराजित गरेको थियो।

प्रकाशित: ८ मंसिर २०८२ १५:१२ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast