हाम्रो पार्टी नेपाल दर्तासँगै कुल दल १३२

हिमाल प्रेस ८ मंसिर २०८२ १३:५५ | Monday, November 24, 2025
8
SHARES
हाम्रो पार्टी नेपाल दर्तासँगै कुल दल १३२

काठमाडौँ- हाम्रो पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र प्राप्त गरेसँगै आयोगमा दर्ता राजनीतिक दलको संख्या १३२ पुगेको छ।

प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएयता मात्र १३ वटा नयाँ दल दर्ता भएका छन्। भदौ २७ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको थियो भने अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेका छन्।

निर्वाचनमा भाग लिन दलहरूले निर्वाचन प्रयोजनका लागि दर्ता अनिवार्य रूपमा गर्नुपर्छ। आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने अन्तिम मिति मंसिर १० गतेसम्मलाई तोकेको छ।

पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत माघ ६ गते उम्मेदवार मनोनयन पत्र दर्ता, सोही दिन प्रारम्भिक नामावली प्रकाशन, माघ ७ गते उजुरी दर्ता, माघ ८ गते जाँचबुझ तथा निर्णय, माघ ९ गते उम्मेदवार नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन र सोही दिन निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित: ८ मंसिर २०८२ १३:५५ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast