प्रलोपा अध्यक्ष परिषद्‍मा को को छन्?

हिमाल प्रेस ८ मंसिर २०८२ १२:१९ | Monday, November 24, 2025
26
SHARES
प्रलोपा अध्यक्ष परिषद्‍मा को को छन्?

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको अभिभावकत्वमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले अध्यक्ष परिषद् गठन गरेको छ। आइतबार घोषणा गरिएको पार्टीले ५ सदस्यीय अध्यक्ष परिषद् गठन गरेको हो।

अध्यक्ष परिषद्‍मा जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै ओजस्वी भट्टराई, साविक नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोब, प्रगतिशील राष्ट्रिय अभियानको संयोजनको भूमिकामा रहेका सुदन किराँती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर आएका सन्तोष परियार र मधेशबाट अशोक जैसवाल सहभागी छन्।

अध्यक्ष परिषद‍्मा दोस्रो तहका नेताहरू सहभागी भए पनि बाबुरामसहित जनार्दन शर्मा, राम कार्कीलगायत शीर्ष नेताहरूसँग सहभागी छैनन्। उनीहरू नीति परिषद्मा रहेको प्रलोपाले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८२ १२:१९ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast