एनपीएल सट्टाबाजीमा संलग्न ८ भारतीय पक्राउ

हिमाल प्रेस ७ मंसिर २०८२ २०:३७ | Sunday, November 23, 2025
4
SHARES
एनपीएल सट्टाबाजीमा संलग्न ८ भारतीय पक्राउ

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को जारी दोस्रो संस्करणमा सट्टाबाजी गरिरहेको आरोपमा प्रहरीले काठमाडौँबाट आठ भारतीयलाई पक्राउ गरेको छ।

एनपीएलमा सहभागी भई अनलाईनमार्फत बेटाकुलर डट लाइभ नामक बेटिङ साइटबाट सट्टाबाजी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूलाई काठमाडौँ–१४ बल्खुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरू भारतको आन्ध्रप्रदेश राज्यका भई हाल काठमाडौँ–२६ समाखुशी बस्दै आएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासमुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल छन्।

उनीहरू खेल हारजित हुनेगरी रकम लगानी गरेर सट्टाबाजी कार्यमा संलग्न रहेको पाइएको अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एसपी काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उनले बताए।

प्रकाशित: ७ मंसिर २०८२ २०:३७ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast