डकु ड्रामा ‘मौन’ को टिजरमा अटिजमको कथा

हिमाल प्रेस ७ मंसिर २०८२ १६:३७
10
SHARES
डकु ड्रामा ‘मौन’ को टिजरमा अटिजमको कथा

काठमाडौँ- रामजी ज्ञवाली निर्देशित डकुड्रामा ‘मौन’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट १४ सेकेन्डको टिजरमा एउटी आमाले रुँदै आफ्नो गल्ती स्वीकारेर छोरीसँग उनको समस्याबारे बताइरहेकी छन्। जसमा छोरीको अटिजम सम्बन्धी समस्यालाई उजागर गर्ने प्रयत्न गरिएको छ।

डकु ड्रामामा हिउँवाला गौतम, प्रार्थना पाठक, सरोज खनाल, ओजस्वी विक्रम विष्ट, दिवस नाथ लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

डकु ड्रामाका निर्माता तथा निर्देशक ज्ञवालीले ‘मौन’ लाई देश तथा विदेशका फिल्म फेस्टिभल, च्यारिटी सो र विशेष स्क्रिनिङहरूमा प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी दिए।

नेपालका स्कुल, कलेज, विभिन्न संस्था तथा समुदायलाई अटिजमबारे सचेत गराउने अभियानको रुपमा ‘मौन’ निर्माण गरेको उनले बताए।

उनले ‘मौन’ समाजमा चेतना र सहानुभूति बढाउन निर्माण गरिएको बताए। डकुड्रामाको कथा रामशरण पाठकले लेखेका हुन्।
गत भदौ २३ र २४ मा नेपालमा भएको जेन्जी आन्दोलनका कारण ‘मौन’को विशेष सो र च्यारिटी प्रदर्शन केही समयका लागि स्थगित गरिएको थियो।

सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन संकल्प भुजेलले गरेका छन् भने प्रमुख सहायक निर्देशक वसन्त अधिकारी हुन्। सहायक निर्माता हरि क्षेत्री भूपेन्द्र हुन्। ध्वनि डिजाइनिङमा भरत कँडेल, कलर ग्रेडिङमा राजेन्द्र मोक्तान, सम्पादन नहकुल खड्काले गरेका छन् ।

निर्देशक ज्ञवाली पछिल्लो समय डकुड्रामा, डकुमेन्ट्री र सर्ट फिल्म बनाउनमा व्यस्त छन्। यही सेरोफेरोमा उनले ‘आराध्या’, ‘एक लभर’, ‘हनिमुन’, ‘लिलामी’, ‘डार्कमुन’, ‘लापत्ता सन्तान’, ‘रित्तो गाउँ’, ‘निःशब्द’ लगायत निर्देशन गरिसकेका छन्।

प्रकाशित: ७ मंसिर २०८२ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast