जीवन शाहीको ‘स्त्री’ फागुन २९ देखि प्रदर्शन, काेकाे छन् कलाकार?

हिमाल प्रेस ७ मंसिर २०८२ १०:५१ | Sunday, November 23, 2025
जीवन शाहीको ‘स्त्री’ फागुन २९ देखि प्रदर्शन, काेकाे छन् कलाकार?

काठमाडौँ- फिल्म ‘स्त्री’ आगामी फागुन २९ देखि प्रदर्शन हुने भएको छ।। निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै आइतबार आगामी फागुन २९ प्रदर्शन हुने जानकारी दिएका हुन्।

फिल्म निर्देशक जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको छ। निर्देशक शाहीकै कथा रहेको फिल्मको पटकथा किशन अर्याल तयार पारेका हुन्।

थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका शाहीको यो डेब्यु निर्देशकीय फिल्म हो। फिल्म सामाजिक कथामा बनेको फिल्म नारी केन्द्रित छ।

फिल्ममा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी, दीपाश्री निरौला, बालकलाकार दिप्सन चिलवाल,लगायतको अभिनय रहनेछ।

मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा बनेको फिल्मका निर्माता समिर राई हुन्। फिल्म रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, सुवास काफ्ले प्रोजेक्ट म्यानेजर, देव महर्जनको द्वन्द्व निर्देशन, चन्द्र भण्डारीको प्रमुख सह-निर्देशानमा बनेको छ।

निर्माता समिर राईका अनुसार अहिले फिल्मको पोस्ट–प्रोडक्सनको काम चलिरहेको छ। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ भने फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले देशभर वितरण गर्नेछन्।

प्रकाशित: ७ मंसिर २०८२ १०:५१ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast