ट्याक्टरमा मोटरसाइकल ठोकिँदा एकको मृत्यु

हिमाल प्रेस ७ मंसिर २०८२ ७:०८
10
SHARES
ट्याक्टरमा मोटरसाइकल ठोकिँदा एकको मृत्यु

काठमाडौँ- झापामा गएराति ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन्।

मेचीनगर नगरपालिका-१५ हेल्दुबारीस्थित भित्री सडकखण्डमा भद्रपुरबाट इटाभट्टा तर्फ जाँदै गरेको प्र १-०१-०१३ प ३३३६ नम्बरको मोटरसाइकलले सडक किनारामा रोकिराखेको प्रदेश १ प्र-१-०१-००१ त ९९७७ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३८ वर्षीय बिनोद राउतको मृत्यु भएको छ। गम्भीर घाइते राउतलाई सुरुमा प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचार गरी थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो।

उपचारकै क्रममा गएराति नै उनको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकको पछाडि सवार सोही ठाउँका २१ वर्षी निश्चल भुजेल गम्भीर घाइते भएका छन्। उनको पनि बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ।

दुर्घटनापछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

प्रकाशित: ७ मंसिर २०८२ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast