एनपीएल : काठमाडौँविरूद्ध विराटनगरको सहज जित

हिमाल प्रेस ६ मंसिर २०८२ १८:५७ | Saturday, November 22, 2025
12
SHARES
एनपीएल : काठमाडौँविरूद्ध विराटनगरको सहज जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै विराटनगर किंग्सले लगातार दोस्रो जित हात पारेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न एनपीएल सिजन २ को आठौँ खेलमा विराटनगरले काठमाडौँलाईलाई पाँच विकेटले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेर काठमाडौँले प्रस्तुत गरेको १३५ रनको लक्ष्य विराटनगरले पाँच विकेटको क्षतिमा १७.१ ओभरमा पूरा गर्‍यो। विराटनगरका लागि जर्ज मुन्सी र मार्टिन गप्टिलले आक्रामक ब्याटिङ गरे। मुन्सीले १६ बलमा ३६ र गप्टिलले १९ बलमा २५ रनको योगदान दिए।

त्यस्तै लोकेश बलमे १४, बासिर अहमदले १९, नरेन भट्टले २५ रन बनाए। कप्तान सन्दीप लामिछाने ९ र सुभम रन्जने ६ रन बनाएर नटआउट रहे।

काठमाडौँका लागि सहाब आलमले २, करण केसी, गेरहार्ड एरास्मस र सन्तोष यादवले १–१ विकेट लिए।

यो जितसँगै विराटनगर अंकतालिकाको शीर्ष दोस्रो स्थानमा पुगेको छ। दुई खेल जितेर दुवैमा जित हासिल गरेको विराटनगरको चार अंक छ। त्यस्तै सुदूरपश्चिम रोयल्स दुवै खेल जितेर अंकतालिकाको शीर्ष स्थानमा छ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको थियो।

ओपनिङका लागि आकाश त्रिपाठी शून्य रनमा आउट भए भने अर्का ओपनर बेन काल्र्सवर्थले ३२ रन बनाए।

त्यस्तै मोहम्मद आदिल आलमले आक्रामक ब्याटिङ गर्दै २५ बलमा २८ रन बनाए। सन्तोष यादवले २६, गेरहार्ड एरास्मसले १० रनको योगदान दिए।

विराटनगरका लागि मर्चेन्ट डी लेङले २, सुभम रन्जने, सुर्य तामाङ र सदीनप लामिछानेले १–१ विकेट लिए।

 

प्रकाशित: ६ मंसिर २०८२ १८:५७ | Saturday, November 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast