विमान दुर्घटना अध्ययन गर्न एटीआर कम्पनीको टोली पोखरामा

हिमाल प्रेस ३ माघ २०७९ १६:४८ | Tuesday, January 17, 2023
विमान दुर्घटना अध्ययन गर्न एटीआर कम्पनीको टोली पोखरामा २०७९ माघमा पोखरामा भएको विमान दुर्घटना। काठमाडौँदेखि पोखराका लागि उडेको यति एयरको विमानमा ७२ यात्रु सवार थिए। फाइल तस्बिर

काठमाडौँ– पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको विमान दुघर्टना अध्ययन गर्न एटीआर निर्माता कम्पनीको टोली नेपाल आएको छ। एटीआर विमान निर्माण गर्ने कम्पनीका ९ जना विज्ञ सदस्य मंगलबार पोखरा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

सरकारले पनि विमान दुर्घटनाबारे अध्ययन गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय ‘दुर्घटना जाँच आयोग’ गठन गरिसकेको छ। आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, पूर्वक्याप्टेन सुनिल थापा र श्री एयरलाइन्सका प्राविधिक एकराज जंग थापा छन्। आयोगको सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

पोखरा सेती खोचमा भएको विमान दुर्घटनामा परेका ७० जनाको शव प्राप्त भएको छ। बाँकी दुई जनाको खोजी जारी रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३ माघ २०७९ १६:४८ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast