निर्वाचनअघि महाधिवेशन गर्नुको विकल्प छैन : गगन थापा

हिमाल प्रेस ६ मंसिर २०८२ १६:४८ | Saturday, November 22, 2025
12
SHARES
निर्वाचनअघि महाधिवेशन गर्नुको विकल्प छैन : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवशेन निर्वाचनभन्दा अघि अनिवार्य रुपमा गर्नैपर्ने बताएका छन्।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचनमा होमिनुपर्ने भन्दै निर्वाचनभन्दा अघि अनिवार्य रुपमा पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका हुन्।

निर्वाचनअघि नियमित महाधिवशेन गर्नका लागि समय अपुग हुने भएकाले अव विशेष महाधिवेशन निर्विकल्प भएको उनले बताए।

महामन्त्री थापाले पुस मसान्तभित्रमा आवधिक अधिवेशन पनि नगर्ने र विशेष महाधिवेशन पनि गर्दिन भन्न नपाइने जिकिर गरे। उनले आगामी मंसिर ११ गते बस्ने बैठकले पुसभित्र आवधिक अधिवेशन वा मंसिर मसान्तभित्र विशेष महाधिवेशनको निर्णय गर्नेबाहेक अन्य कुनै बिकल्प नरहेको स्पष्ट पारे।

उनले महाधिवेशनका विषयमा सकभर एकमतका साथै निर्णय गर्ने प्रयास भइरहेको पनि बताए।

प्रकाशित: ६ मंसिर २०८२ १६:४८ | Saturday, November 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast