जसपा नेपालको भ्रातृ संगठन समाजवादी युवा संघ गठन

हिमाल प्रेस ६ मंसिर २०८२ १५:१४ | Saturday, November 22, 2025
8
SHARES
जसपा नेपालको भ्रातृ संगठन समाजवादी युवा संघ गठन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको भ्रातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ। जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले मनिष यादवको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय समाजवादी युवा संघ गठन गरेको हो।

संघको केन्द्रीय उपाध्यक्षमा रेणुराज सिंह, चिरञ्जिवी यादव र रविन पाख्रिन चयन भएका छन्। दिपेन्द्र कापडीलाई महासचिवको जिम्मेवारी दिइएको छ।

त्यस्तै सौरभ शर्मा, कमल नेम्वाङ, शिवराज बेघा, राजु यादव र विनय यादवगरी पाँच जना सचिवमा चयन भएका छन्। शत्रुध्न यादवलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।

नवगठित केन्द्रीय युवा संघका ११ सदस्यीय पदाधिकारीसहित अन्य सबै सदस्यहरूको यही मंसिर १५ गते काठमाडौँमा सपथग्रहण गराइने युवा संघका इञ्चार्ज विक्की यादवले जानकारी दिए।

तथर्द समितिलाई समाजवादी युवा संघको देशव्यापी मूल नेतृत्व निर्माण गर्न आगामी ६ महिनाभित्र वडादेखि केन्द्रसम्म संगठन निर्माण गरी निर्वाचन गराउने कार्यभार तोकिएको इञ्चार्ज यादवले बताए।

युवा संघले देशैभरी वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रस्तरीय संगठन निर्माण एवं विस्तार, युवा अभियान सुदृढीकरण तथा आगामी निर्वाचन केन्द्रित वैचारिक तथा राजनीतिक कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउने दायित्व पाएको छ।

प्रकाशित: ६ मंसिर २०८२ १५:१४ | Saturday, November 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast