लुम्बिनी होटल संघ नेपालको अध्यक्षमा शर्मा निर्वाचित

हिमाल प्रेस ६ मंसिर २०८२ १४:०७
20
SHARES
लुम्बिनी होटल संघ नेपालको अध्यक्षमा शर्मा निर्वाचित

बुटवल- लुम्बिनी होटल संघ नेपालको अध्यक्षमा लिलामणि शर्मा निर्वाचित भएका छन् । शनिबार बुद्वजन्मस्थल लुम्बिनीमा सम्पन्न भएको सातौ बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा शेखर कार्की, उपाध्यक्षमा भुपेन्द्र गुरूङ, महासिचव टीका कुमारी कट्टेल निर्वाचित भएका छन्। सचिवमा एकराज कंडेल, कोषाध्यक्ष दीपक पंगेनी, सहकोषाध्यक्षमा धिरज भण्डारी निर्वािचत भएको निर्वाचन समिति संयोजक प्रख्यात बन्जाडेले जानकारी दिए ।

सदस्यहरूमा पदमा काफ्ले न्यौपाने, प्रजुल कार्की क्षेत्री, दीपेन्द्रलाल बाँनिया, अशोक कुमार गुप्ता, किशोर यादव, अनिल कुमार गुप्ता, रोजन शाक्य र जनकबहादुर सोमै मगर निर्वाचित भएका छन्।

यसअघि आयोजित उदघाटनसत्रमा विश्वभरका बौद्वमार्गीहरूलाई लुम्बिनी ल्याउने वातारण बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय, अर्का पूर्वमन्त्री सिके गुप्ताले पर्यटन प्रबर्द्धनबाट मात्रै लुम्बिनी प्रदेशलाई अगाडि बढाउन सकिने बताए ।

कार्यक्रममा होटल संघका निर्वतमान अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनी होटल संघ नेपालले बुद्व जन्मस्थल लुम्बिनीको जेठो पर्यटन संस्था भएको बताउदै लुम्बिनी आउने पर्यटकबाट लाभ लिन नसकेको बताए ।

यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, लुम्बिनी बौद्व विश्वविद्यालयका केन्द्रीय क्याम्पस प्रमुख दयानिधि गौतम, उद्योग बाणिज्य संघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्वार्थ होटल एसोसिएशनका अध्यक्ष सिपि श्रेष्ठले बोल्दै भैरहवा स्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुदा मात्रै लुम्बिनी चलायमान हुने बताए ।

लुम्बिनीमा पर्यटक सेवा गरेका होटल व्यवसायीहरू एकजुट भएर करिब १६ बर्षअघि लुम्बिनी होटल संघ नेपाल गठन भएको थियो । ७ बर्षदेखि विधिवत दर्ता भएको संघमा ७८ वटा होटलहरू आबद्व भएका छन्।

प्रकाशित: ६ मंसिर २०८२ १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast