काठमाडौँ- अभिनेत्री मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’ निर्माण भएको छ। निर्माण टिमले सिरिजको ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरेको छ।
गीत जी.टु.वान डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। उक्त गीतमा अपुर्भ तामाङले गाएका छन्। गायक तामाङकै शब्द रहेको गीतमा मनिष गुरुङले संगीत भरेका छन्।
सिरिजका निर्देशक जीवन स्वार र सुनिल गुरुङले हुन् । सिरिजमा मलिकाका अलावा लक्ष्य तामाङ, अनुशा बायुङ राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बा, रिनेक्स बस्नेत, मनिका लामा, गीता श्री, संगीता थापा, प्रकाश श्रेष्ठलगायतले अभिनय गरेका छन
सिरिजका निर्माता असीम शाह हुन। सिरिजको कथा निर्देशक सुनिल गुरुङले लेखेका छन्। सिरिजका कार्यकारी निर्मातामा विशाल शर्मा छन् भने आसिफ शाह ‘क्रियटिभ डिरेक्टर’ को रूपमा रहेका छन्।
नकुल सुनुवारले छायांकन गरेको सिरिज हिमालय टेलिभिजनमा प्रशारण गरिनेछ साथै युट्युबमा जी टु वान डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिनेछ। सिरिज जी.टु.वान डिजिटलको प्रस्तुति र योङ हार्ट्स फिल्म्सको सहकार्यमा बनेको हो।
यस्ताे छ गीत


