लुम्बिनी विकास कोषको सदस्य सचिवमा दीपक श्रेष्ठ नियुक्त

हिमाल प्रेस ५ मंसिर २०८२ २१:१० | Friday, November 21, 2025
लुम्बिनी विकास कोषको सदस्य सचिवमा दीपक श्रेष्ठ नियुक्त

बुटवल– सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा गोरखाका इञ्जिनियर दीपक श्रेष्ठलाई नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी संस्थानका इञ्जिनियर रहेका श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेको हो।

मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई कोषको सदस्य सचिवका लागि नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

बुद्धजन्मस्थल लुम्बिनीको प्रशासनिक कार्यसँगै वर्षौँदेखि निर्माणाधिन लुम्बिनी गुरुयोजना पूरा गनुपर्ने चुनौती भइरहेको बेला जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले सदस्य सचिव नियुक्त गरेको हो। लुम्बिनीमा भने स्थानीयले सदस्य सचिव खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग गर्दै आइरहेका थिए।

प्रकाशित: ५ मंसिर २०८२ २१:१० | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast