नेपाल टेलिकमले गर्‍यो नेटवर्क सुधार

हिमाल प्रेस ४ मंसिर २०८२ १३:१६
16
SHARES
नेपाल टेलिकमले गर्‍यो नेटवर्क सुधार

काठमाडौँ- नेपाल टेलिकमले पछिल्ला महिनाहरूमा देशका विभिन्न जिल्लाका दुर्गम र ग्रामीण बस्तीतर्फ मोबाइल सेवा विस्तारको काम तीव्र पारेको छ। पहाडी तथा हिमाली क्षेत्रका बस्तीसम्म पहुँच पुर्‍याउन कम्पनीले नयाँ टावर स्थापना, पुराना साइटको अपग्रेडेशन तथा ट्रान्समिसन सुधारको काम निरन्तर अघि बढाइरहेका छ।

लमजुङका सिसाघाट-३ र सिसाघाट-६ मा २G र ४G दुवै सेवा सञ्चालनमा आएको छ। यस्तै सिसाघाट नगरपालिका-८, २, ३ र ४ गरी पाँच स्थानमा नयाँ साइटमार्फत ग्रामीण बस्तीमा मोवाइल सेवा पुगेको हो। यससँगै कफनगाउँ, सिसाघाट-८, ३, ४ र ६ लगायत स्थानका बासिन्दाले पहिलोपटक भरपर्दो मोवाइल नेटवर्क पाएका छन्।

काभ्रेपलान्चोकमा चौरीदेउराली-६, दुईखोली-२, ३, ४ र ५ क्षेत्रमा समेत २G/४G सेवा सुरु भएको छ। दुर्गम भूगोलका कारण लामो समयदेखि कमजोर सिग्नल समस्यामा परेका बस्तीमा अब गुणस्तरीय सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ।

सिन्धुलीको कम्मई-३ मा ४G सेवा सञ्चालनमा आएसँगै स्थानीयलाई पहिलोपटक उच्च-गतिको इन्टरनेट उपयोग गर्ने सुविधा मिलेको छ। उर्लाबारी, रत्ननगर, काङ्गडाँडा, कम्मई लगायत क्षेत्रका पूर्वाधार बलियो बनाइँदै छन्।

भक्तपुरको भुलाङ्गा-६, ८, ९ र ११ क्षेत्रमा २G/४G सेवा सुरु भएको छ। स्वस्थानी क्षेत्र, कृषि-पशुपालन बस्ती, ऐतिहासिक वडाहरू तथा पर्यटकीय क्षेत्रहरूमा सेवा विस्तारका काम अगाडि बढाइएका छन्।

गोरखाको आरुपाटा र सल्यानटार क्षेत्रमा नयाँ ४G सेवा सञ्चालनमा आएको छ। काखिगाउँ, कटकुइँ, सालाङ, सामागाउँ, झिल्ली, मञ्चे, भीमेश्वर र आर्क्लुङ्गका टावरहरू समेत विस्तार तथा अपग्रेड गर्दै लगिएको छ।

डडेलधुराको गन्यापधुरा-६, ८ र ११ मा २G/४G सेवा सुरु भएको छ। खेत-बस्ती, सामुदायिक संरचना, विद्यालय तथा सरकारी कार्यालय अवस्थित क्षेत्रहरूमा नेटवर्क सुधार एकसाथ गरिएको हो।

रुकुम पूर्वको झल्कोट-१० मा नयाँ साइटमार्फत सेवा उपलब्ध भएको छ। तल्लो, मध्य र माथिल्लो रुकुमका—भगवती, पुथा, सिस्ने र सिस्ने-८ क्षेत्रमा नेटवर्क पहुँच क्रमशः विस्तार हुँदै गएको छ।

रौतहटको यम्नी-१० मा ४G सेवा सञ्चालनमा आएपछि बस्तीमा इन्टरनेट पहुँच उल्लेख्य रूपमा सुधारिएको छ। सीमावर्ती गाउँ, कृषि क्षेत्र र मुख्य व्यापारिक बस्तीसमेत सेवा सुधारको दायरामा छन्।

कम्पनीका अनुसार विगत एक वर्षमा मात्रै ४G सेवा ८५३ स्थानबाट ८६८ स्थानमा पुगेको छ भने ग्रामीण तथा दुर्गम बस्ती लक्षित सेवा विस्तारलाई आगामी वर्ष पनि निरन्तरता दिइने छ।

टेलिकमले विद्युतीय पहिचान, शैक्षिक तथा स्वास्थ्य सेवा, स्थानीय प्रशासन तथा नागरिक सेवामा संचार पहुँच बढाउन २G/४G सञ्जाल अझै विस्तार गर्दै लैजाने जनाएको छ।

प्रकाशित: ४ मंसिर २०८२ १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast